केरुङबाट पेट्रोलियम पदार्थ ल्याउन त्रिशुलीमा पाइपलाइन बिछ्याउन प्रस्ताव

एमालेका सांसद शेरबहादुर तामाङले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशुली नदीमा पाइललाइन बिछ्याउन प्रस्ताव गरेका छन् ।

Advertisement 1

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशुली नदीमा पाइपलाइन बिछ्याउन आग्रह गरेका हुन् ।

‘तेल केरुङबाट ल्याउने विषयमा अध्ययन भएको छ ? केरुङमाथि छ, तल त्रिशुली नदी छ । पाइपलाइन ओछ्याउँ, रेलबाट केरुङसम्म आएको तेल ल्याउँ । त्रिशुलीमा भण्डारण बनाउँ,’ भन्दै उनले भने, ‘नेपालको परलमूल्यका ५० प्रतिशत घटाउन सकिन्छ । अहिलेको ५÷१० मूल्य घटाएर र बढाएर समाधान दिँदैन । दीर्घकालीन समाधान खाजौँ ।’

Advertisement 2

पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ बढाउँदा प्रतिनागरिकको ३०० रुपैयाँसम्म खर्च बढ्ने भन्दै उनले अहिले हजारौँ रुपैयाँ खर्च बढेसँगै जनजीविका कष्टकर बनेको बताए ।

उक्त प्रस्तावमाथि बोलेका सबै सांसदले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले नसकेको आरोप लगाएका छन् । मूल्यवृद्धिका कारण जनता मारमा परेको उनीहरूले बताए ।

प्रकाशित :२०७९ जेष्ठ २०, शुक्रबार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry