अनुदान पाएपछि व्यावसायिक तरकारीखेती

भोजपुर। वडाकार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका–३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन्।

Advertisement 1

उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन्। वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताए।

”४ वर्षदेखि सागसब्जी लगाउँदै छु”, उहाँले भन्नुभयो, “वडाबाट सहयोग पाएपछि खेतीमा लाग्न प्रोत्साहन मिलेको छ ”, वडाबाट अनुदान,तालिम र प्राविधिक सहयोग पाएको जानकारी दिँदैं उनले भने।

Advertisement 2

किसानलाई अझ प्रोत्साहन गर्न उपकरणसमेत प्रदान गर्ने सोचमा आफू रहेको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। किसानलाई आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरिएको उनको कथन छ।

प्रकाशित :२०८२ आश्विन २२, बुधबार १४:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry