मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं। महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ।
Advertisement 1
मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। योसँगै नेपाल र मलेसियाबीचको ५ खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ।
यसअघि भएको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो।
Advertisement 2
आज मलेसियाले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो। नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन्। त्यस्तै रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन्।
मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान १/१ विकेट लिए।
Advertisement 3
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो। उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन्। माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन्।
नेपालकी कविता कुँवरले ३ विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान १/१ विकेट लिए। शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ।
तस्बिर सौजन्यः नेपाल क्रिकेट सङ्घ