अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ। शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ।
Advertisement 1
पाँचाँै शुक्लागण्डकी महोत्सवअन्तर्गत मङ्गलबार भएको खेलमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो। प्रतियोगितामा बौदीकालीले अर्जुनचौपारीलाई ३–२ सेटले पराजित गरेको हो।
अर्जुनचौपारी गाउँपालिकाले स्याङ्जाकै पुतलीबजार नगरपालिकालाई पराजित गर्दै फाइनल पुगेको थियो। नवलपुरको बौदीकाली गाउँपालिका तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै फाइनल पुगेको थियो।
Advertisement 2
तेस्रो स्थानका लागि भएको खेलमा स्याङ्जाको पुतलीबजार नगरपालिका विजयी भएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै पुतलीबजार तृतीय भएको हो। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो हुने समूहलाई क्रमशः रु दुई लाख, एक लाख ५० हजार, ५० हजार र चौथोलाई रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
–––














