सुनको मूल्य तोलामा १ हजार घट्यो

काठमाडौं। आज सुनको मूल्य तोलामा रु १ हजार घटेको छ। आजका लागि सुनको मूल्य तोलामा रु २ लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु २ लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो।
Advertisement 1
त्यस्तै, आज चाँदी तोलामा रु ४५ घटेर रु २ हजार ५५० मा किनबेच हुँदैछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ आश्विन १, बुधबार ११:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%