घिमिरे सचिवमा बढुवा

काठमाडौं। वरिष्ठ सहसचिव डण्डुराज घिमिरे सचिवमा बढुवा भएका छन्। सचिव बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेका घिमिरेलाई हिजो बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको छ।
Advertisement 1
बैठकले पहिलो नम्बरमा घिमिरे, दोस्रो नम्बरमा शिक्षा सेवाका कृष्ण काप्री र तेस्रो नम्बरमा वैकुण्ठ अर्यालको नाम सिफारिस गरेको थियो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले राजीनामा दिएपछि रिक्त बनेको पदमा ज्येष्ठताको आधारमा पहिलो नम्बरमा सिफारिस भएका घिमिरे सचिव भएका हुन्। उनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत थिए।
Advertisement 2
प्रकाशित :२०८२ भाद्र ३१, मंगलवार ११:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%