मानव बेचबिखनविरुद्धका अभियन्ता सम्मानित

काठमाडौं। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा योगदान पुर्‍याउने अभियन्तालाई सम्मान गरिएको छ।

Advertisement 1

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९औँ राष्ट्रिय दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शान्ति फाउन्डेसनका अध्यक्ष सन्जमाया तामाङ र प्रहरी नायब निरीक्षक रुद्रप्रसाद भट्टलाई सम्मान गरिएको हो। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा योगदान पु¥याएबापत उनीहरुलाई जनही रु ३५ हजार नगदसहित सम्मान गरिएको हो।

यस्तै मन्त्रालयले जिल्ला प्रहरी कार्यालय पर्सा र कपिलवस्तुको कृष्णनगर नगरपालिकालाई पनि सम्मानित गरेको छ। मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९औँ राष्ट्रिय दिवसका अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ। सोही अवसरमा आज काठमाडौँका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्ध र्‍याली निकालिएको छ।

Advertisement 2

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न स्थानीय तहलाई सबैभन्दा बढी जिम्मेवार बनाउनुपर्नेमा जोड दिए। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव बेचबिखन तथा ओसारपसारको मुख्य कारण पत्ता लगाएर मात्र सरकारले समाधानका उपाय खोज्नुपर्ने बताए।

प्रकाशित :२०८२ भाद्र २०, शुक्रबार १६:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry