सामुदायिक जीविकोपार्जन परियोजनाबाट १ हजार ४ सय परिवार लाभान्वित

म्याग्दी। रघुगङ्गा गाउँपालिकामा सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रवद्र्धन परियोजनाबाट ७ गाउँका १ हजार ४०० परिवार लाभान्वित भएका छन्।

Advertisement 1

अन्तरराष्ट्रिय रेडक्रस (आइसिआरसी)को साझेदारी र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा ६ वर्षअघि उक्त पालिकामा सुरु भएको परियोजना बिहीबारदेखि अन्त्य भएको छ।
२ चरणमा सञ्चालित परियोजनामार्फत किवी, ओखर, सुन्तला, कागती, टिम्मुर, सतुवा, बेसार, अदुवा, केराखेती, बाख्रा, भैँसी, मौरीपालन, कुखुरा, मौरीपालन, टनेलमा खेती प्रविधि, आरन सञ्चालन एवं व्यवस्थापन, बाँस तथा निगालोका सामग्री निर्माण, सिलाइकटाइ, गोठ सुधार र घरबास सञ्चालनका लागि आर्थिक, प्राविधिक सहयोगका साथै सीपमूलक तालिम पनि प्रदान गरिएको थियो।

रघुगङ्गाका बेग, दग्नाम, चिमखोला, भगवती, पिप्ले, झिँ र पाखापानीमा परियोजना सञ्चालन भएको थियो।

प्रकाशित :२०८२ भाद्र १३, शुक्रबार १२:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम