नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद भुजेल नियुक्त

नेपाल लाइफ इन्स्योरेन्सको ३२० औं सञ्चालक समितिको बैंठकले नयाँ सचिवको नुयुक्ती भएको छ ।

कम्पनीको बैंठकले सचिवमा बिनोद भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । भुजेलले आइतबारबाट पदीय जिम्मेवारी सम्हालेका छन् । १३ वर्षसम्म एलआईसी नेपालको कम्पनी सचिवमा रहेर काम गरेका भुजेलसँग बीमा करिअरको लामो अनुभव छ ।

जन प्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका अधिवक्ता भुजेलसँग नोटरी ट्रान्सलेटरको रुपमा पनि लाइसेन्स लिएर काम गरेको अनुभव छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार १७:०४

प्रतिक्रिया दिनुहोस्