७ सार्वजनिक निकायले ११ निर्माण कम्पनीलाई कालोसूचीमा (सूचीसहित)

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। साउन १८ गते आइतबार को निर्णय अनुसार आज १९ गते सूचना जारी गर्दै ७ वटा विभिन्न निकायहरूको सिफारिसमा ११ वटा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको छ।

Advertisement 1

तोकिएको समयमा जिम्मा लिएको काम पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख गरेको छ।

७ वटालाई १ वर्ष २ वटालाई डेड वर्ष र २ वटालाई २ वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाइने सूचनामा उल्लेख गरेको छ।

प्रकाशित :२०८२ श्रावण १९, सोमबार ११:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry