अध्यागमन कार्यालय त्रि.अ.वि. ले नैतिक संहिता (Code of Ethics) लागू

काठमाडौं। अध्यागमन कार्यालय त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंले अध्यागमन प्रशासनसँग सम्बन्धित विभिन्न गुनासोहरु आए पश्चात असार २७ गते शुक्रवार बाट नैतिक संहिता (Code of Ethics) लागू हुने अध्यागमन अधिकृत विष्णुप्रसाद कोइराला बताएका छन्।
Advertisement 1
अध्यागमन कार्यालय त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंले अध्यागमन प्रशासनसँग सम्बन्धित विभिन्न गुनासोहरु आए पश्चात अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्त अनुरूप यस कार्यालयमा कार्यरत कर्मचारीहरूलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक/सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाई कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेशागत आचरण र व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन अध्यागमन कार्यालय, त्रि.अ.वि., गौचर, काठमाडौँमा कार्यरत कर्मचारीहरूको नैतिक संहिता (Code of Ethics) बनाई असार २७ गते बाट लागु हुने कोइरालाले ईकर्मचारी डटकम लाई जानकारि दिएका छन्।
जुन नैतिक संहिता निम्न रहेका छन्।
Advertisement 2
- प्रस्थान गर्ने यात्रुलाई कम्तिमा “Have a nice journey” भन्ने,
- नेपाल भित्र प्रवेश गर्नेलाई कम्तिमा “Welcome in Nepal, Have a nice day” भन्ने
- थोरै र आवश्यक प्रश्नहरू मात्र गर्ने,
- खाडी मुलुकहरू लगायतमा श्रम/काम गर्न प्रस्थान सम्मानयुक्त शब्दहरू प्रयोग गर्ने,
- रूखो (Rude) व्यवहार नगर्ने, बोली वचनमा मिठासपना दिने,
- देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोलीबचन र हाउभाउले आत्मीयता प्रदान गर्ने लगायतका विषयहरू उल्लेख छ।
उक्त नैतिक संहिता अनुरूपको व्यवहार देखिएको/नदेखिएको यात्रुहरूले तत्कालै व्यक्त गर्न हाल कार्यालयको १५ वटा डेस्क (बाँकी डेस्कहरूमा पनि छिट्टै जडान गरिने) मा आफूले प्राप्त गरेको सेवाको सन्तुष्टि व्यक्त गर्नेगरी Exit–Survey: १. Excellent: उत्कृष्ट सेवा, २. Satisfactory: सन्तोषजनक सेवा, ३. Average: औसत सेवा राखिएको हुँदा सम्पूर्ण यात्रु महानुभावहरूमा स्वेच्छिक सहभागिताको अपेक्षा गरिएको छ।