आध्यात्मिक चेतनाले निर्देशित जीवनशैलीः आत्माभिमुख आचरणको निर्मल यात्रा

काठमाडौं। जीवन कुनै यान्त्रिक प्रणाली होइन; यो चेतनाको तरंगमा बगिरहेको एक अनन्त प्रवाह हो। जब जीवनको मूल आधार भौतिक लोभ, इन्द्रियासक्ति र स्वार्थमा जकडिन्छ, तब व्यवहार विकृत, संस्कार विस्मृत र आचरण प्रदूषित बन्छ। यिनै अन्धकारहरूबाट मुक्तिको मार्ग भनेको अध्यात्म हो। जहाँ बाहिरी संसारको आकर्षणभन्दा आत्मिक मौनको शान्ति गहिरो हुन्छ। अध्यात्म भनेको धर्मको कठोर अनुशासन मात्र होइन, यो त आत्माको स्वरुप पहिचान गर्ने आन्तरिक दृष्टिकोण हो।

Advertisement 1

जब व्यक्ति आध्यात्मिक चेतनाले निर्देशित हुन्छ, तब उसको जीवनशैली भोग होइन, योगमा परिवर्तित हुन्छ। आचरणमा विनय आउँछ, संस्कारमा निष्ठा र व्यवहारमा करुणा प्रस्फुटित हुन्छ। आध्यात्मिकता कुनै एक निश्चित धार्मिक अनुष्ठान होइन; यो त आत्मा, परमात्मा र समष्टिको समन्वय हो। यस्तो चेतनाले जीवनमा निरहंकार, सत्यप्रेम, क्षमा र सेवाको चार आधारशिला निर्माण गर्छ। अध्यात्मले मनलाई स्थिर बनाउँछ, बुद्धिलाई निर्मल बनाउँछ र हृदयलाई प्रशस्त बनाउँछ। यसले व्यक्तिमा आत्म-अवलोकनको क्षमता जागृत गराउँछ, जहाँ उसले आफ्ना दोषलाई शत्रु होइन, शिक्षकको रूपमा स्वीकार्छ। आध्यात्मिक जीवनशैलीले मान्छेमा आत्म-नियन्त्रण, आत्म-संवाद र आत्म-परिष्कारको संस्कार विकास गर्छ, जसले समाजमा पनि समता, सहिष्णुता र सुसंवादको संस्कृति फैलाउँछ।

सत्यको खोजीमा लीन एक आध्यात्मिक जीवनशैली नै अन्ततः मानव अस्तित्वको सर्वोच्च उपलब्धि हो। जहाँ व्यक्तिको प्रत्येक श्वास ब्रह्मसँगको संवाद बन्छ र जीवन आफैं एक तपस्या। आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो। आध्यात्मिक बौद्धिकता विवेकबाट प्रेरित हुन्छ। अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो। यो ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो, उपनिषद्हरूको दिव्य प्रसाद हो। स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ। आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ। अध्यात्मको माध्यमबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ। यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ।

Advertisement 2

अध्यात्मले मनुष्यको व्यवहार एवं आचरणलाई सुधार गर्छ र उसको गलत संस्कारहरूमा परिवर्तन ल्याइ उसलाई असल मानवीयताको बोध गराउँछ। आध्यात्मिकताकै कुरा गर्दा योग र ध्यानको प्रसङ्ग पनि जोडिएर आउने गर्छ। योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित तुल्याउँछ। साथै यसले हाम्रो मनको एकाग्र शक्ति बढाउँछ। जसले गर्दा ईष्र्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रो मनमा जरा गाड्न पाउँदैन। वास्तवमा मनुष्य जीवनमा आइपर्ने सबै किसिमका व्यावहारिक समस्याहरूको समाधान मानिसको मनोभावनामा आधारभूत परिवर्तनबाट नै हुन सक्तछ र मनोभावनामा आधारभूत परिवर्तन ल्याउनु नै आध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो। आध्यात्मिक ज्ञानमा नै मानिसको विचार, भावना अनि मनोकाङ्क्षालाई सही दिशा दिने शक्ति अथवा क्षमता अन्तरनिहीत हुन्छ।

अशल कर्म र सजायको ब्याख्याले पनि धार्मिक र आध्यात्मिक चिन्तनलाई निर्धारण गर्छ। यस्तो यस्तो कर्म गर्यो भने सजाय मिल्छ भनेर धर्ममा ऊल्लेख गरिएको हुन्छ। आध्यात्मिक चिन्तनमा अशल कर्मप्रति आकर्शणको ब्याख्या गरिएको हुन्छ। सदैव अशल कर्म गर्यो भने नर्कको डर मान्नु नै पर्दैन। धर्म त एऊटा कानुन जस्तो मात्र प्रतित हुन्छ धारण गरिएन भने ठूलो सजाय मिल्छ। आध्यात्म त शालीन र आदर्श जीवनशैलीको महत्वपूर्ण अंग हो।यो पनि सही कुरा हो कि नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पु¥याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ। यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन। यही सच्चा अध्यात्म हो।

Advertisement 3

आध्यात्मिक चिन्तनले संपूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ। आध्यात्मिक बाटोमा कुनै निश्चित नियम कानुनको बन्देज हुंदैन। तपाईंहाम्रो अन्तरआत्माले सत्य मानेको, चिन्तन गरेको सत्य नै आध्यात्मिक सत्य हो। कतिपय धार्मिक स्थानमा अर्को धर्मका अनुयायीहरूलाई प्रवेश दिईंदैन। आध्यात्मिक चिन्तनमा कुनै तगारो, नियम कानुन हुँदैन।धर्मले सत्य बताउँछ। अधिकार र जिम्मेवारीहरू मिलाएर व्यावहारिक जीवनमा निरन्तर सुधार ल्याउन अध्यात्मको मार्गदर्शन महत्त्वपूर्ण भूमिका खेल्दछ। संस्कार, आचरण र व्यवहार सँगसँगै एक स्वस्थ समाजको निर्माणका लागि अध्यात्मले अवश्यक मार्गदर्शन र प्रेरणा प्रदान गर्दछ। संस्कार र व्यवहारलाई सुधार्ने क्रममा अध्यात्मिक अभ्यासहरूले मानिसलाई आफूलाई जान्ने, आत्मिक बल र उच्च नैतिक मूल्यका साथ जीवन यापन गर्न प्रोत्साहित गर्छ। यसले समाजमा व्यक्तिगत र सामूहिक स्थायित्वको संवर्धन गर्न मद्दत गर्दछ।

अध्यात्ममा आधारित संस्कारहरूले मानिसलाई आफ्नो कर्तव्य र दायित्वहरूको सही मूल्यांकन गर्न मद्दत गर्दछ। अध्यात्मिक शिक्षाले व्यक्तिलाई सत्य, अहिंसा, प्रेम, करुणा, सहनशीलता, आस्था र आत्मसंयमजस्ता उच्च गुणहरूको अभ्यासमा लाग्न प्रेरित गर्दछ। जब एक व्यक्ति यी आदर्शहरू आफ्नो जीवनमा आत्मसात गर्छ, तब उसले समाजमा आचरणका दृष्टिकोणबाट सकारात्मक परिवर्तन ल्याउन सक्छ।अध्यात्मिक संस्कारहरूले मानिसको अन्तरात्मालाई शुद्ध बनाउँछ। शुद्ध मन र विचारले मात्र व्यक्ति आफ्नो व्यवहार र आचरण सुधार्न सक्दछ। संस्कारका यी मूलतत्त्वहरूले व्यक्ति र समाजबीचको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुर्याउँछन्, जसका कारण नैतिक समाजको निर्माण सम्भव हुन्छ। अध्यात्मिक अभ्यासहरूले मानिसलाई जीवनका सही उद्देश्यहरूको खोजीमा मद्दत गर्दछ र उनले आफ्ना कार्य र आचरणलाई साँचो मार्गमा स्थापित गर्न सक्छन्।

जीवनको मूल पाटो बाह्य भौतिक ऐश्वर्यमा होइन, आत्मिक शुद्धिमा निहित हुन्छ। आत्मा, परमात्मा, माया, जन्म–मृत्यु र पुनर्जन्मको गूढतम रहस्यहरूलाई बुझ्न सक्ने सर्वोत्कृष्ट साधन अध्यात्म हो। जो विवेक, विचार र अन्तर्बोधद्वारा प्रेरित हुन्छ। यो केवल दर्शन मात्र होइन, हाम्रो सांस्कृतिक आत्माको आवाज हो, उपनिषद्को दिव्य समर्पण र ऋषि-मुनिहरूको जीवन्त शिक्षाको सङ्ग्रह हो। जब जीवन अध्यात्मिक चेतनाबाट निर्देशित हुन्छ, तब आचरण स्वाभाविक रूपमा निर्मल हुन्छ। व्यक्ति आफ्नो क्रोध, ईष्र्या, द्वेष र वासनात्मक भावनालाई नियन्त्रणमा राख्दै सहिष्णुता, करुणा र प्रेमको माध्यमद्वारा समाजसँग सम्बन्ध विस्तार गर्न थाल्दछ। ध्यान र योग जस्ता अभ्यासहरूले आत्माको गहिराइमा डुबेर अन्तर्मनलाई शुद्ध गर्छन्, जसले व्यवहारमा सन्तुलन र संस्कारमा उच्चता ल्याउँछ। अध्यात्मिक जीवनशैली भनेको केवल आत्म–साक्षात्कारको यात्रा होइन, यो त जिम्मेवारी, कर्तव्यनिष्ठा र परोपकारको चेतनाले अभिप्रेरित कार्यशील पथ हो। यसले मानिसलाई समाजप्रतिको दायित्व बोध गराउँदै सत्य, न्याय र शान्तिको स्थायित्वमा योगदान पुर्याउँछ। जब व्यक्ति आफ्ना विचार, भावना र कर्मलाई आत्म–अनुशासनद्वारा निर्देशित गर्छ, तब उसको जीवन एक प्रकाशपुञ्ज बन्छ। जसले आफू मात्र होइन, सम्पूर्ण समाजलाई नैतिक पुनर्जागरणतर्फ डोर्‍याउँछ।

अध्यात्मिक चेतना आचरण व्यवस्थापनको मेरुदण्ड हो, जसले व्यवहारमा विवेक, संस्कारमा शालीनता, र जीवनमा लक्ष्यता प्रदान गर्दछ। यही चेतनाले नै जीवनलाई आत्माभिमुख, उदात्त र सार्थक बनाउँछ। जहाँ हर एक श्वासमा ब्रह्मको अनुभूति सम्भव हुन्छ, र जीवन आफैँ एक निर्मल यात्राको प्रतीक बन्छ। तब समाजको सम्पूर्ण आचरण नै सुधारिन्छ र त्यो समाज अझै अधिक समृद्ध र सुखी बन्न सक्छ। अन्त्यमा, ईष्र्या, द्वेष, घृणा, प्रतिशोधले समाजलाई पथभ्रष्ट बनाउछ।अध्यात्म मार्गले संस्कार, आचरण र व्यवहार सुधारका लागि अत्यन्त महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्दछ। यसले व्यक्तिलाई आत्मिक शान्ति र उच्च नैतिक मूल्यहरूको अभ्यासमा संलग्न गराउँछ। जब समाजका प्रत्येक सदस्यले अध्यात्मिक मूल्य र आचरणलाई अपनाउँछन्, तब समाजमा एकता, शान्ति र समृद्धि वृद्धि हुन्छ। यसैले, अध्यात्म मार्गमा आधारित जीवन यापन गर्ने माध्यमले नैतिक प्रशासन, सामाजिक सुधार र समग्र मानवता सुधारका लागि सकारात्मक योगदान पुर्याउँछ। यसले जीवनको सार्थकता र उद्देश्यको उत्तर खोज्नुको साथ साथै सत्य ज्ञान र जीवनकमा परमात्माको वास्तविक अनुभूतिको मार्ग अवलम्बन गर्दछ। त्यसैले भन्ने गरिन्छ , सबै धार्मिक व्यक्ति अध्यात्मिक नहुन पनि सक्छन तर अध्यात्मिक व्यक्ति सबै धार्मिक स्वभावका हुन्छन।जीवनमा ईष्र्या, द्वेष, घृणा, क्रोध , प्रतिशोध व्यवस्थापनका लागि अध्यात्म मार्ग अवलम्वन गर्नु अपरिहार्य रहेको छ।

प्रकाशित :२०८२ असार २३, सोमबार ०८:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry