कोरोना सङक्रमितको उपचारमा खटिएका डाक्टरको तस्विर, यसरी बाफिन्छन् स्वास्थ्यकर्मीहरु
कोरोना महामारीले आक्रान्त बनेको विश्वलाई सम्हाल्न डाक्टरले अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् । यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिहरूले आफ्नो ठाउँबाट सक्दो योगदान दिइरहेको छन् ।
Advertisement 1
कोरोना कहरको पहिलो चरणमा चीनका डाक्टर र नर्सहरूले मास्क हटाएपछिका अनुहारका तस्बिर भाइरल भएका थिए । धेरैले उनीहरुप्रति सहानुभूति प्रकट गरेका थिए । सार्वजनिक भएका तस्बिरमा उनीहरूको अनुहारभरि मास्कको नीलडाम देखिन्थ्यो । इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै कोरोना सङ्क्रमणको शिकार भएर ज्यान गुमाए ।
अहिले नेपालमा पनि कोरोनाको दोस्रो लहर शुरु भएको छ । नेपाली डाक्टर र नर्सहरूले पनि अग्रपंत्तिमा रहेर बिरामीहरूको सेवा गरिरहेका छन् ।अहिले स्वास्थ्य पेज नामक पेजमा हालेको डाक्टरको फोटोले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भावुक भएका छन् । नेपालगन्ज मेडिकल कलेजको आइसोलेसनमा कोभिड सङ्क्रमित बिरामीहरूको उपचारमा दिनरात नभनी खटेका डा। बिनोद प्याकुरेलको फोटो उक्त पेजले सार्वजनिक गरेपछि प्रयोगकर्ताहरू दुःखी बनेका हुन् ।
Advertisement 2
उनले हत्केला प्रयोग हुने कुनै शारीरिक परिश्रम गरेर हातको स्वरुप बिग्रेको होइन, दैनिक १६ घण्टाभन्दा बढी समय पञ्जा (ग्लोब्स) लगाउँदा हात यस्तो भएको हो । लगातार पञ्जा लगाउँदा हात बाफिएको उनी बताउँछन् । डा. प्याकुरेलको हातमात्रै होइन फेस सिल्डका कारण अनुहार अगाडिको भाग र पीपीईका कारण शरीरका अन्य भागमा समेत यस्तो असर देखिएको छ ।
लगातार सात दिनसम्म उनी दैनिक १६ घण्टाभन्दा बढी खटिए । भोक, प्यास, निद्रा नभनी संक्रमितको उपचारमा खटिँदा अहिले उनी आफैं संक्रमित पनि भएका छन् । मंगलबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएका उनी काम गर्दा गर्दै आफू कतिखेर संक्रमित भएँ भन्ने कुरा अनुमान गर्न सक्दैनन् । होम आइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्था सामान्य छ । अस्पतालले सातरसात दिनको पालो लगाएर चिकित्सकलाई संक्रमितको उपचारमा खटाउने गरेको छ । डा। प्याकुरेल कोभिड आइसोलेसन वार्डमा खटिँदा पाँच जनामात्रै संक्रमित उपचाररत थिए । तर तीनरचार दिनमै संक्रमितले सबै कोभिड वार्ड भरिएपछि भने उपचारमा कठिन बन्दै गएको उनी सम्झन्छन् ।
Advertisement 3
‘अस्पतालमा बिरामीको चाप बढ्दै गयो । आईसीयू र भेन्टिलेटरबाहेक आइसोलेसन बेडमा बसेका अधिकांश बिरामीलाई पनि अक्सिजन दिनुपर्थ्यो,’ उनले भने, ‘गम्भीर प्रकृतिका बिरामीले कोभिड वार्ड भरिएपछि जनशक्तिले पनि थेग्न सकेन । ग्लोब्स, पीपीई, फेससिल्ड लगाएर घण्टौंसम्म विरामीको उपचारमा खटिनु पर्ने अवस्था आयो ।’ बेडमा छट्पटाइरहेका विरामीको चित्कार र पीडामा मलम लगाउन यताउता दौडँदा दौडँदै समय बितेको पत्तो नभएको डा। प्याकुरेल बताउँछन् ।आफू आइसोलेनमा हुँदा पनि उनको मन भने अस्पतालका बिरामीतिरै छ । सास फेर्न गाह्रो भयो भन्दै बेडमा बिरामी छट्पटाउँदा लाचार भएर हेरिरहनुपरेको तस्तो सम्झनाले अहिले पनि उनलाई पिरोल्छ ।
हेरौँ उनका केही तस्बिरहरू :