वर्षाअघि बिपि राजमार्ग सञ्चालन गराउन मुख्य सचिव अर्यालको निर्देशन

काठमाडौँ। नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले बाढीले क्षतिग्रस्त बिपि राजमार्गको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले सुनकोसी मरिण डाइभर्सन आयोजना र सूर्य विनायक–धुलिखेल सडक निर्माणको पनि अनुगमन गरे।

Advertisement 1

अर्यालले तोकिएको समयभित्र काम सम्पन्न गरी वर्षा अघि नै सडक स्थायी रूपमा सञ्चालन हुने गरी तीव्रताका साथ काम गर्न निर्देशन दिए।

अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, आयोजना प्रमुख, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र निर्माण व्यवसायीहरूको उपस्थिति थियो।

प्रकाशित :२०८२ जेष्ठ २९, बिहीबार ०८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम