टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सञ्चारमन्त्री मोहन बस्नेतसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामेक्समा अनियमितता भएको भन्दै आयोगले बिहीबार पूर्वमन्त्रीसहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Advertisement 1

प्राधिकरणले फोन कल विवरण, म्यासेज, इन्टरनेट डेटालगायत नागरिकको गोप्य विवरणमा पहुँच राख्ने दूरसञ्चार प्राधिकरणको उपकरण (टेरामक्स) खरिद गर्दा सो प्रक्रियामा संलग्न रही कानुनविपरितका काम गर्नेमाथि मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ।

अायोगका अनुसार दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरषोत्तम खनालसहितका प्राधिकरणका पूर्व महानिर्देशकहरुविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

Advertisement 2

३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरी भ्रष्टाचार गरिएको आयोगको ठगर छ। उक्त प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, ज्ञानेन्द्र कार्की लगायतका व्यक्तिको समेत संलग्नता रहेको भन्दै आयोगले उनीहरुसँग पनि बयान लिएको थियो।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रकाशित :२०८२ जेष्ठ २, बिहीबार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry