सुनको मूल्य एक दिनै ५ हजार ७ सय बढ्यो, बन्यो नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य एकै दिन उच्च अंकले बढेको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ७ सय रुपैयाँले बढेको हो।

Advertisement 1

बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ तोकिएको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँको उच्च बिक्रीदर पुगेको थियो।

बुधबार सुनको कारोबार प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँका दरले भएको थियो।

Advertisement 2

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १८ सय ३५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १९ सय रुपैयाँ प्रतितोला कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ चैत्र २८, बिहीबार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry