भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु

काठमाडौं। गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुननिर्माणको कार्य सूरु भएको बताएका छन्।
Advertisement 1
बझाङमा जिल्ला भुकम्पीय पुन निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन ईकाइ कार्यालय उद्घाटन मा बोल्दै भुकम्पले प्रभावित भएको जिल्लाहरुमा पुननिर्माणको लागि आवश्यक मापदण्ड नियामावली सँगै आवश्यक बजेटको व्यवस्था गरी निजी आवासलाई पुननिर्माणको जिल्लामै कार्यालय स्थापना गरी सो कार्यको थालनी भएको बताएका हुन्। ‘निजी आवासको पुननिर्माणको कार्यसँगै सरकारी भवनहरुको पुनःनिर्माणको लागि कार्यान्वयन ईकाईले नै समन्वय गर्नेछ,’ गृहमन्त्री लेखकले भने, ‘निजी आवास पुननिर्माणको कार्य स्थानीय तहको महत्वपुर्ण भुमिका रहेको र लाभग्राही पहिचान तथा छनोट गरी सिफारीस गर्नुहुन्छ त्यति चाँडो नै पुन निर्माणको कार्य सुरु हुन्छ।’
भुकम्प जस्ता बिपद्हरुबाट प्रभावितहरुको पुनस्थापना सरकारको प्राथमिकता रहेको छ। विकासका कुरामा सत्तापक्ष मात्रै नभएर सबै मिलेर अगाडी बढेर काम सम्पन्न गर्नु पर्ने। मन्त्री लेखकले बताए।