राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिएका छन्।

Advertisement 1

उनले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःस्थापना भइरहेका कार्यको जानकारी लिए।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यले भोटेकोशी बाढीले जिल्लामा पु¥याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरे।

Advertisement 2

त्यसक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनस्र्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे राष्ट्रपति पौडेललाई अवगत गराए।

राष्ट्रपति पौडेलले विदुर नगरपालिका–२ स्थित कभर्ड हलस्थित होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहेका रसुवा र नुवाकोटका बाढी प्रभावितसँग अन्तरक्रिया गरे।

Advertisement 3

अन्तरक्रियामा बाढी प्रभावित नागरिकले भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीले पु¥याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए।

उनीहरुले खोज, उद्धार र राहत एवं पुनःस्थापनाका लागि सरकार र सहयोगदातासँग अझ तदारुकताको माग गरेका थिए।

प्रकाशित :२०८३ भाद्र २२, सोमबार १५:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry