निजामती कर्मचारी संगठनको अध्यक्षमा दाहाल

काठमाडौं। नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन भएकी छन्। संगठनको १२औँ महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन्। शनिबार भएको सहमतिअनुसार दाहालको अध्यक्षतामा तीन वर्षका लागि एक सय ६७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो। त्यस्तै वरिष्ठ उपाध्क्षमा रेवन्त गौतम र प्रभाषप्रसाद साह, उपाध्यक्षमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी र विजयालक्ष्मी सुवेदी तथा महासचिवमा रामचन्द्र अधिकारी निर्वाचित भएका छन्।
Advertisement 1
यस्तै संगठनको उपमहासचिव वामदेव ओली, सूर्यबहादुर कुँवर र कमला दाहाल निर्वाचित भएका छन्। यस्तै सचिवमा देवी पराजुली, राजबहादुर पछाई, तेजप्रकाश भण्डारी, ओमबहादुर कठायत र गोविन्द अधिकारी, कार्यालय सचिवमा पदमबहादुर शाही, कोषाध्यक्षमा कोषाध्यक्षमा यमकुमारी सापकोटा र सह–कोषाध्यक्षमा दिपक शर्मा पौडेल निर्वाचित भएकाछन्। महाधिवेशनले प्रदेश इन्चार्ज तोकेको छ।
कोशीमा धुव्रबहादुर कार्की, मधेशमा नौंतम पोखरेल, बागमतीमा पुरूषोत्तम रायमाझी, गण्डकीमा भरत भुसाल, लुम्बिनीमा कविसिंह कठायत, कर्णालीमा तुलाराम गिरी, सुदूरपश्चिममा प्रकाशबहादुर खड्का र उपत्यका विशेषमा गणेशप्रसाद आचार्यलाई तोक्ने निर्णय गरेको छ। संगठनको महाधिवेशन गत माघ ३० गतेदेखि काठमाडौँमा सुरु भएको थियो।