प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले प्रहरीमाथि कुटपिट गर्ने जुसुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्। पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गर्न मन्त्री लेखकले बुधबार प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँरलाई निर्देशन दिएका हुन्।

Advertisement 1

बुधबार बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। आवश्यक छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन मन्त्री लेखकले निर्देशन दिए।

मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट दुव्र्यवहार भइरहेका घटनाहरु सार्वजनिक भइरहेकोप्रति सचेतता अप्नाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकले जोड दिए।

प्रकाशित :२०८१ माघ ३०, बुधबार १४:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry