अब सार्वजनिक कार्यालय ५ बजेसम्मै खुला

काठमाडौं। अबदेखि सार्वजनिक कार्यालय ५ बजेसम्म खुला रहने भएका छन्।

Advertisement 1

कार्तिक १६ गतेदेखि ४ बजेम्म मात्रै खुला रहने सार्वजनिक कार्यालयहरु माघ १६ गतेपछि ५ बजेसम्मै खुला रहने भएका हुन्।

यद्यपि १६ र १७ गते सार्वजनिक बिदा र १८ गते शुक्रबार भएकाले ५ बजेसम्म कार्यालय खुला रहने व्यवस्था आइतबारदेखि मात्रै लागू हुने बताइएको छ।

Advertisement 2

कार्यालय खुल्ने समय भने बिहान १० बजे नै हुनेछ। कार्तिक १६ गतेदेखि तुलनात्मक रूपमा रात छिटो पर्ने भएकाले माघ १६ गतेसम्म १ घन्टा अघि नै कार्यालय बन्द गर्ने परिपाटी रहेको छ।

प्रकाशित :२०८१ माघ १६, बुधबार ०७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry