तत्कालीन जिविसबाट समायोजन भएका कर्मचारीको सेवा निवृत्त सुविधा सरकारले दिने

काठमाडौं। साविकको जिल्ला विकास समिति (जिविस)बाट स्थानीय तहमा सामायोजन भएका कर्मचारीको सेवा सुविधा सरकारले दिने भएको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकको गाविस तथा नगरपालिकामा समायोजन भएका कर्मचारीलाई थप स्पष्ट पार्न सूचना जारी गरेसँगै अवकाशपछिको सेवा सुविधा सरकारले दिने जानकारी गराएको हो।
सूचनामा गत पुस ९ गते मन्त्रिपरिषद्बाट भएको निर्णयअनुसार साविकको गाविस तथा जिविसमा नियुक्त भई अहिलेको स्थानीय तहमा समायोजन कर्मचारीलाई सरकारले नै सेवा सुविधा उपलब्ध गराउने उल्लेख गरिएको छ।
Advertisement 2
त्यस्तै प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग, प्रतिष्ठान वा संगठित संस्थाका कर्मचारीको सेवा सुविधा सरकारले नै उपलब्ध गराउने निर्णय गरिएको उल्लेख गरिएको छ। तर, साविकको गाविस र नगरपालिकामा स्थानीय नियुक्र भई हाल गाउँपालिका तथा नगरपालिकामा समायोजन भएका कर्मचारीको अवकार पछिको सुविधा मन्त्रिपरिषद्को निर्णण्ले नसमेटिकाले साविकको व्यवस्थाअनुसार नै गर्नुपर्ने उल्लेख गरिएको छ।