कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

काठमाडौं। कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच सम्झौता गरिएको छ। काठमाडौंको नक्शालमा रहेको आईभीएफ प्रालिबीच बैंकका ग्राहकलाई वात्सलयका सेवामा छुट दिनगरी सम्झौता गरिएको हो।
Advertisement 1
सम्झौताअनुसार बैंकका ग्राहकले वात्सलय नेचुरल आईभीएफको देशभर शाखाहरुबाट लिने सेवामा छुट पाउने छन्। ‘सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रुपैयाँसम्म छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित :२०८१ माघ ९, बुधबार ११:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%