एनपीएल : कर्णालीसँग लुम्बिनी पराजित, विराटनगरले दियो चितवनलाई १८२ रनको लक्ष्य
काठमाडौं। एनपीएल अन्तर्गत शुक्रबार बिहान भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ। यसका साथै लुम्बिनीले आफ्नो ७औं तथा अन्तिम खेल पनि पराजित भएको छ।
Advertisement 1
त्यस्तै शुक्रबार दिउँसो भइरहेको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई जितका लागि १८२ रनको लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो।
१० रनमा तीन विकेट र ३३ रनमा चौथो विकेट गुमाएको विराटनगरको इनिङ्स एक समय धर्रमराएको थियो।
Advertisement 2
विराटनगरका लागि लागि मार्टिन गप्टिल, बसिर अहमद र राजेश पुलामीले इनिङ्स सम्हाल्दै विशाल योगफल बनाए।
अहमदले ४४ बलमा ४ चौका र ४ छक्काको मदतमा ६८ रन बनाए। त्यस्तै गप्टिलले ३५ बलमा ४५ रन र राजेशले २० बलमा ३३ रनको योगदान दिए।
प्रकाशित :२०८१ मंसिर २८, शुक्रबार १५:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%