२१ सय रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य २१ सय रुपैयाँले बढेको हो।
Advertisement 1
मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। सोमबार सुनको कारोबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँका दरले भएको थियो।
यसअघि आइतबार सुनको कारोबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँका दरले भएको थियो। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय २५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
Advertisement 2
सोमबार चाँदीको कारोबार प्रतितोला १८ सय ६५ रुपैयाँका दरले भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको हो।
प्रकाशित :२०८१ मंसिर २५, मंगलवार १०:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%