एनपीएल : कर्णाली याक्ससँग काठमाडौं गुर्खाजको ३ विकेटको जित

काठमाडौं। जरी नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजलाई ३ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डिङ गरेको गुर्खाजले १५० रनको लक्ष्य ७ विकेट गुमाएर ३ बल बाँकी छँदै भेट्टाएको हो।

Advertisement 1

गुर्खाजका लागि सुमित महर्जनले ३७ बलमा नटआउट ४० रन बनाए। त्यस्तै कप्तान एवं मार्की खेलाडी करण केसीले १० बलमा २८ रन बनाउँदै जितको आधार बनाए।

त्यस्तै माइकल लेभिटले २२ तथा गेर्हार्ड इरासमसले ३८ रन बनाए। कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, गुल्शन झा, जीशन मक्सुद र बिपीन शर्माले १–१ विकेट लिए।

Advertisement 2

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले शिखर धवनको ७२ रनको मदतमा काठमाडौं गुर्खाजलाई जितका लागि १५० रनको लक्ष्य दिएको थियो।

बुधबार दिउँसो १ बजेदेखि लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतियोगिताको अर्को खेल हुने तालिका छ।

प्रकाशित :२०८१ मंसिर १९, बुधबार १२:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम