विद्यार्थीलाई नेपाल एसबिआई बैंकको शैक्षिक सामग्री

काठमाडौं। नेपाल एसबिआई बैंकले विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ।

Advertisement 1

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित लेकाली बसीफाँट माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको हो।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरे।

Advertisement 2

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल र बैंकका बागमति प्रदेश प्रमुख बिनोदकुमार ढुंगेललगायतको उपस्थिति थियो।

प्रकाशित :२०८१ आश्विन ८, मंगलवार ११:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry