यी हुन् गृहसचिवका आकांक्षी, कसको सम्भावना बढी?

काठमाडौं। गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेसँगै गृहसचिव बन्ने सचिवहरुले दौडधुप सुरु गरेका छन्। गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहसचिव अर्याललाई मुख्यसचिवमा बढुवा गरेपछि गृहसचिवका आकांक्षी सचिवहरुले दौडधुप सुरु गरेका हुन्।

Advertisement 1

गृहसचिवका लागि विनोद प्रकाश सिंह, कृष्णहरि पुष्कर, हरि मैनाली, नारायणप्रसाद शर्मा दुवाडी, अर्जुन पोखरेल, मुकुन्द निरौलालगायतले दौडधुप गरेका छन्।

यद्यपि गृह मन्त्री रमेश लेखकले सचिव विनोद प्रकाश सिंहलाई गृहमा ल्याउने इच्छा देखाएका उनी निकट स्रोत बताउँछ। गृह मन्त्री लेखक निकट स्रोतले भन्यो, ‘विनोद प्रकाश सिंह नै गृहमा आउने सम्भावना छ।’

प्रकाशित :२०८१ भाद्र १७, सोमबार ०९:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम