जनतामा तत्काल आशा जगाउने योजना अघि बढाउन प्रधानमन्त्रीको मन्त्री र कर्मचारीलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि, रोजगारी सिर्जना हुनेजस्ता जनतामा तत्काल आशा जगाउने योजना तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मंगलबार बसेको लगानी बोर्डको बैठकमा उनले उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठ, उपप्रधान एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादव, अर्थमन्त्री वर्षमान पुन, मुख्य सचिव डा.वैकुण्ठ अर्याल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई यस्तो निर्देशन दिएका हुन् ।

Advertisement 1

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको विकास हुने भएकाले त्यस अनुकूल हुने गरी सरकारले अध्यादेशमार्फत नौ वटा ऐन संशोधन गर्न लागेको पनि स्पष्ट पारे । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको कामलाई अघि बढाउने कुरामा नडराउन पनि कर्मचारी प्रशासनलाई सचेत गराए ।

प्रधानमन्त्री प्रचण्डले कर्मचारी प्रशासनले आफ्नो गति अनुसार काम गर्न नसकेको गुनासो गर्दै नयाँ ढंगले काम गर्न पनि निर्देशन दिए । उनले लगानी सम्मेलन लगानीका लागि नयाँ सन्देश दिने गरी सम्पन्न हुने गरी तयारी गर्नुपर्ने पनि बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रलाई नियन्त्रणमा नै राख्नुपर्छ भन्ने सोच राजनीतिक नेतृत्वमा र कर्मचारीतन्त्रमा जहाँ छ, ती देश पछि परेको पर्‍यै, पछि परेको पर्‍यै भएका छन् । त्यसकारण आजको छलफल मैले कुन अर्थमा पनि महत्त्वपूर्ण ठाने भने विकास गर्ने निजी क्षेत्रले नै हो । निजी क्षेत्रलाई सुविधा दिन नडराऔँ । कहीँ न कहीँ उही पुरानै नियम, पुरानै कानुन, पुरानै परम्परा, पुरानै सोच हाबी भइराखेको हुन्छ ।’

Advertisement 2

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सरकारले साना सिँचाइको कार्यक्रमलाई विशेष व्यवस्था गर्ने पनि बताए । उत्पादन बढाउने, रोजगारी पनि दिने भएकाले सरकारले यस्ता साना कार्यक्रमलाई विशेष जोड दिन चाहेको उनको भनाइ थियो ।

प्रकाशित :२०८१ बैशाख ११, मंगलवार २१:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry