अफगानिस्तानमा सरकारी कर्मचारी लाइनमा उभिरहेको आत्मघाती विस्फोट, २१ जनाको मृत्यु

काबुल । अफगानिस्तानको कान्दाहारमा आत्मघाती बम विस्फोट भएको छ। तालिबान सरकारले कान्दाहारको एक बैंकमा बिहीबार आत्मघाती बम बिस्फोट भएको जनाएको छ।

Advertisement 1

सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको थियो। विष्फोटमा परी कम्तीमा २१ जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ।

विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ। आईएसले तालिबानलाई लक्षित गरी विस्फोट गराएको बताएको छ।

Advertisement 2

विस्फोटमा ५० जना भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको कान्दाहारस्थित मिरवाइस अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रकाशित :२०८० चैत्र ९, शुक्रबार ०९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम