नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरू छन्ः परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानताहरू रहेका उल्लेख गरेकी छिन्। आज राजधानीमा आयोजित ‘थाइ फ्लेभस् ‘इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र २ देशबीचमा सांस्कृतिकलगायत धेरै क्षेत्रमा समानता रहेका बताईन्।

Advertisement 1

मन्त्री राणाले २ देशका बीचमा पाहुनाहरूको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरूको सम्मान, सहिष्णुता तथा पर्यटन र यसमार्फत प्राप्त गर्न सकिने समिृद्धिलगायत समानताहरू रहेका चर्चा गरीन्।

पर्यटन २ देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री डा राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई आग्रह गरीन्।

Advertisement 2

नेपाल उद्यमशिलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकलालगायत कैयौँ वस्तुको उत्पादन विश्वबजारको आकर्षण पनि बनेको भन्दै उनले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरूलाई आग्रह गरेकी हुन्।

नेपाल र थाइल्याण्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेका प्रसङ्ग उल्लेख गर्दै मन्त्री डा राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै थाइल्याण्डको भ्रमण गरेको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा सहमति र समझदारी भएका स्मरण गरीन्।

Advertisement 3

सो भ्रमणबाट २ देशबीचको सम्बन्ध थप प्रगाढ बनेको जनाउँदै उनले आगामी दिनमा यस प्रकारका उच्चस्तरीय भ्रमणहरुलाई निरन्तरता दिनुपर्ने पनि उनले बताईन्। नेपालस्थित थाई दूतावास र भाटभाटेनी सुपरमार्केटद्वारा सो फेयरको आयोजना गरिएको हो।

प्रकाशित :२०८२ श्रावण ९, शुक्रबार १४:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry