खुसीको खबर :- अब प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति हुँदै

मुलुक प्रादेशिक संरचनामा पुगेपछि पहिलो पटक प्रदेशबाटै स्थायी कर्मचारी नियुक्ती थालिएको छ। ५ नम्बर प्रदेशको लोकसेवा आयोगले कर्मचारी छनोट प्रक्रिया थालेको हो।
५ नम्बर प्रदेशको मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य र इन्जिनियरिङ सेवाका रिक्त पदमा खुल्ला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गर्न लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति प्रदान गरेसँगै प्रदेशबाटै स्थायी नियुक्ति प्रक्रिया अघि बढेको हो ।
मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौँ ४९, नर्सिङ अधिकृत सातौँ ११, फिजिओथेरापिस्ट सातौँ पाँच र मेडिकल ल्याब टेक्नोलोजी सात जना गरी ७२ जना रहेका छन् भने इञ्जिनीयरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल पाँच, सिँचाइ आठ, सेनेटरी एक, बिल्डिङ आर्किटेक्टर १३, मेकानिकल पाँच, इन्जिनियर सिभिल दुई र हाइड्रो जिओलोजिस्ट एक जना गरी ५३ जना रहेका छन् । प्रदेश लोकसेवाले लोकसेवाले पहिलो पदपूर्तिमा १२५ जना प्राविधिक पदमा खुला आवेदन गर्ने तयारी थालेको छ।
प्रदेश लोकसेवा आयोगका सदस्य बाबुराम गौतमका अनुसार खुला प्रतिस्पर्धाबाट कर्मचारी छनोटका लागि आयोग तयारी अबस्थामा रहेको र सबै कानुनी प्रक्रिया पुरा गरिसकेकाले अब छिट्टै खुला प्रतिस्पर्धाका लागि सूचना प्रकाशित हुने सुनाए ।
गौतमका अनुसार प्रदेशबाट हुने आवेदनमा देशैभरका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्। सबैको सहजताका लागि अनलाइनबाट दरखास्त लिने तयारी भइरहेको छ।

Advertisement 1

यसरी नियुक्त हुने कर्मचारीहरूको तलब भत्ता र बिदा हाललाई समान तहमा प्रदेशमा समायोजन भएका कर्मचारीहरू सरह हुनेछ ।

प्रकाशित :२०७७ भाद्र २०, शनिबार ०८:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry