भ्रष्टाचार मुद्धामा सहसचिवसहित १३ जनालाई सफाई

विशेष अदालतले भ्रष्टाचार मुद्धामा सहसचिवसहित १३ जनालाई सफाई दिएको छ ।
साढे तीन बर्ष अघि (७७ असारमा) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन मालपोत कार्यालय नवलपरासीका प्रमुख मालपोत अधिकृत रहेका ज्ञवाली सहित १३ जनाविरुद्ध जनही ५ करोड ५ लाख ४२ हजार रुपैयाँ विगो दावी गरेर अख्तियारले दायर गरेको मुद्धामा विशेषले १३ जनालाई सफाई दिएको हो ।

Advertisement 1

नवलपरासी जिल्लाका साविक सनई गाविस वडा नं ८ ख मा रहेको कित्ता नं १२१, २५१ र २१७ समेतका जग्गाहरुमा नक्कली कागजात बनाई अपचलन गरेको आरोप अख्तियारले उनीहरुमाथि लगाउँदै विशेषमा आरोपपत्र दायर गरेको थियो ।

भारतमा मृत्यु भएका व्यक्तिलाई नेपालमा मृत्यु भएको नक्कली कागजपत्र देखाई उनीहरुको नाममा जग्गा पारेको अख्तियारको अनुसन्धानले देखाएको छ।

Advertisement 2

अख्तिया।ले सहसचिव ज्ञवालीसहित मालपोत प्रमुख ईश्वरराज कलवार, मालपोत अधिकृत, महोहरप्रसाद पन्थी, नासुहरू बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालिन गाविस सचिव नन्दलाल दास, कम्प्युटर अपरेटर, सुवास खड्का, खरिदार नेत्रबहादुर चौधरी, अमृतकुमार मगर, खगेन्द्र पराजुली र रविकुमार खत्रीविरुद्ध आरोपपत्र दायर गरेकोमा हिजो सफाई पाएका हुन् ।

प्रकाशित :२०८० पुष ६, शुक्रबार ०७:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम