बालकुमारी घटना हुँदा ललितपुरको सिडिओ रहेका पण्डितलाई प्रशासन महाशाखाकाे जिम्मा

काठमाडौं । गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रुद्रप्रसाद पण्डितलाई दिएको छ ।
Advertisement 1
उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा यस अघि फाजिलमा रहेका सहसचिव पण्डितलाई रिक्त रहेको महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।
यस अघि ललितपुरका प्रमुख जिल्ला अधिकारी रहेका पण्डित कोरियन भाषा परीक्षाको विषयलाई लिएर विवाद सृजना हुदाँ बालकुमारीमा दुई जना युवाको निधन भएपछि त्यहाँबाट गृह मन्त्रालय तानिएका थिए ।
Advertisement 2
यस अघि प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव केदारनाथ शर्माको कोशी प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवमा सरुवा भएपछि उक्त महाशाखा खाली रहेको थियो ।
प्रकाशित :२०८० फाल्गुन १५, मंगलवार २१:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%