लोक सेवाले माग्यो न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ २७३ कर्मचारी

लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको पदका लागि २७३ कर्मचारी माग गरेको छ।
Advertisement 1
आयोगले न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण गरी दुई सय ७३ जना माग गरेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी पुस १७ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।
Advertisement 2
दोब्बर दस्तुर तिरेर पुस २४ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । आवेदक २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ।
Advertisement 3
यससम्बन्धी थप जानकारी आयोगको बेवसाइटमा राखिएको जनाइएको छ ।

									
										प्रकाशित  :२०८० मंसिर २७, बुधबार १४:५१																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

