सीडीओलाई बीर अस्पतालको जिम्मा

७१ जना सहसचिवको सरुवा हुँदा प्रशासन सेवाका मदन कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा पुगेका छन् । लामो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गरेका कोइराला बागमती प्रदेशको पर्यटन सचिव रहँदा मेडिकल म्युजियम बनाउन प्रभावकारी भूमिका खेलेका थिए ।

Advertisement 1

उनलाई प्यूठानका प्रमुख जिल्लाबाट सरुवा गरेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा सरुवा भएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन सचिवको भूमिकाबाट गृह मन्त्रालय हुँदै प्युठानको सीडीओ बनेका कोइराला वीर अस्पताल पुगेका हुन् ।

प्रकाशित :२०८० मंसिर ११, सोमबार १५:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry