प्रमुख आयुक्त राईद्धारा पेन्सन नलिने घोषणा
अन्य संवैधानिक निकायका पदाधिकारीहरुले पेन्सन र तलव सुविधा समेत लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका हुन् ।
Advertisement 1
अन्य संवैधानिक निकायका पदाधिकारीहरुले पेन्सन र तलव सुविधा समेत लिइरहेको अवस्थामा अख्तियारका प्रमुख आयुक्त राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका हुन् । राइले २०७७ साल फागुन देखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउन थालेकाले सोही महिना देखि नै सरकारबाट पाइरहेको पेन्सन सुुविधा नलिने स्पष्ट पारेका हुन् । उनी २०७७ साल २१ माघमा अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका थिए । ३० वर्ष भन्दा बढि निजामती सेवामा काम गरिसकेका राई इमान्दार र स्वच्छ छविका प्रशासकका रुपमा परिचित छन् ।
प्रमुख आयुक्त राईले पेन्सन सुविधा नलिने घोषणा गरे लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसको जानकारी निवृत्तभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरलाई गराएको छ ।