गण्डकीका ६ हिमाल आरोही सम्मानित

गण्डकी। गण्डकी प्रदेश सरकारले ६ जना हिमाल आरोहीलाई सम्मान गरेको छ। प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा आज पोखरामा भएको समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र मन्त्रालयका सचिव रोशन ज्ञवलीले आरोहीहरुलाई जनही रु ४५ हजार नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेका हन्।

Advertisement 1

सम्मानित हुनेमा सगरमाथा आरोही पर्वतको कुश्मा नगरपालिका–१४ का किरणबहादुर पि.सि., सगरमाथा, मनास्लु र ल्होत्से हिमाल आरोहण गरेका गोरखा चुमनुब्री गाउँपालिका–१ का नाङसल छ्योटोन लामा, सगरमाथा आरोही कास्कीको माछापुछ«े गाउँपालिका–४ का किशोर अधिकारी र पर्वतको बिहादी गाउँपालिका–४ का सगरमाथा आरोही देवीप्रसाद न्यौपाने रहेका छन्।

यसैगरी कञ्चनजङ्गा हिमाल आरोहण गरेका तनहुँको ऋषिङ गाउँपालिका–२ का अमित थापा र अन्नपूर्ण हिमाल आरोही तनहुँको घिरिङ गाउँपालिका–५ का नवराज रानालाई सम्मान गरिएको हो। उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश भित्रने पर्यटकको बसाइ लम्बाउने गरी योजना बनाउनुपर्ने बताए। पर्यटनबाट आर्थिक गतिविधि बढ्नुका साथै रोजगारी सिर्जनामा टेवा पुग्ने उनको भनाइ थियो।

Advertisement 2

पर्यटनका लागि बेमौसम मानिने याममा पनि पोखरालगायत गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकीय गतिविधि देखिनु सुखद् रहेको मुख्यमन्त्री पाण्डेले बताए। हिमाल आरोहणमार्फत गण्डकी प्रदेशको पर्वतीय पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएबापत आरोहीहरुलाई सम्मान गरिएको मन्त्री रिमालले बताइन्। ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने आरोहीलाई सम्मान गरिएको मन्त्रालयका उपसचिव टीकाराम पौडेलले जानकारी दिए।

प्रकाशित :२०८३ असार २६, शुक्रबार १५:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry