५० हजार क्वाप्प खाँदा अख्तियारले सवइन्जिनियर पार्यो च्याप्प


हेटौंडामा एक सरकारी कर्मचारी कार्यायलबाट घुससहित पक्राउ परेका छन् ।

Advertisement 1

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनाका सब–ओभरसियर नेत्र लामिछाने शुक्रबार घुससहित कार्यालयबाटै पक्राउ परेका हुन् । लामिछानेले ५० हजार घुस रकम लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले रंगेहात पक्राउ गरेको हो।

शुक्रबार टोलीले हेटौँडास्थित पर्यटन विकास आयोजनामा परिसरबाटै ५० हजारसहित लामिछानेलाई पक्राउ गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद रिसालले बताए। लामिछानेले धादिङ जिल्लाको खनियाँवासमा आव २०७५र०७६मा निर्माण गरिएको पर्यटन पदमार्गको धरौटी रकम फिर्ता गर्ने कामको शिलशीलामा सेवाग्राहीसँग रकम लिएको आरोप छ।

Advertisement 2

धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम मागेको सूचनाको आधारमा पुगेको अख्तियार टोलीले हेटौंडा–४ स्थित कार्यालय परिसरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ।

प्रकाशित :२०७७ फाल्गुन २३, आईतवार १०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry