न्यायलयका अब्बल श्रीमान अर्थात हरिशचन्द्र ढुंङ्गना !
अञ्जनकुमार हिमाली
Advertisement 1
जमना यस्तोपनि त थियो कुनै बेला, पीडितले न्यायधीशसंग प्रत्यक्ष साक्षात्कार हुनु त परै जाओस् आफ्नो गुनासो सुनाउन पनि दलालको सहारा लिनुपर्ने अवस्था थियो । दलाल र अदालतका कर्मचारीकै सेटिङमा हुने नहुने जेपनि भए । फलतः नपर्ने मान्छे जेल गए । अपराधी सानका साथ हिड्ने भए । न्यायधीश भन्ने शब्द नै यति बदनामी बन्यो की अदालत प्रतिको विश्वास नै टुट्यो । बलात्कार, हत्या जस्ता जघन्य प्रकृतिका अपराधका अपराधीहरू पनि पैसाको चलखेलमा निर्वाध निर्दोष हुने अवस्था आयो । न्याय मर्यो कुनै बेला लमजुङमा । बदनामीको चाङ लागेकै बेला प्रकट भएका थिए कोमल आचार्य श्रीमान् । टुटेको विश्वास फिर्ता गर्न निकै सकस पर्छ । एकदुई मुद्दामा नै न्यायाधीश कोमलले जनताको विश्वास जित्न सके । लिग आउट भएको न्यायालयको साखलाई कोमलले जवरजस्त लिगमा ल्याइदिए । चिन्ता त्यसपछिको थियो । तर साख गिरेन झन् उच्च बन्न थाल्यो श्रीमान हरिशचन्द्र ढुङ्गानाको आगमनले । उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?
कवि शिरोमणिले यी हरफहरू त्यसै लिपिबद्ध गरेका होइन रहेछन । यही समाजमा यस्ता मानवरुपी वृक्ष पनि छन् जो कार्यालय सहयोगी होस् वा सेवाग्राही आगन्तुक समभाव व्यक्त गर्दछन् । न्यायाधीस भएरपनि कस्तो गजक्क नपरेको होलान् । फाँट फाँटमा चाहरेर कामको सहजीकरण मात्रै हैन आवाज नसुनिएका सेवाग्राही प्रति, अनि गेटमा भेट हुनै नपाई डाम्ना खोज्ने वकिल भनौदाहरुलाई समेत मनोमानी नगर्न हकार्न पुग्ने न्यायाधीस देखेर साँच्चै पुलकित छन् लमजुङबासी सेवाग्राही ।
एउटा इमान्दार न्यायाधीस प्रधानमन्त्रीले भने जस्तो केवल दिन कटाउने तलब पचाउने मात्रका हुँदा रैनछन् । यही जिल्ला अदालत हो कुनै बेला न्यायधीशले मालपोतका खरदार जत्तिको पनि सम्मान नपाएको । नैतिकहराम, घुस्याहा, जँड्याहा, स्त्री लम्पटदेखि अनेक भगभङ्गीले सिंगारिए रातारात भगौडा न्यायधीश पनि त यसै जिल्लामा थिए । तर कोमल आचार्यले हरेक नजरले बदनामी बनेको अदालतलाई नसोचेको बनाए । दलाली प्रवृतिको अन्त्यसगै कामकाजमा जुन ढंगले आक्रमण गरे, चर्चा आज ताजै छ । आचार्यको सरुवासंगै न्यायालयमा उनले गरेका परिवर्तनको शिरा चुडिन्छकी भन्ने त्रासको घरलाई हरिशचन्द्र ढुङ्गाना श्रीमान मजबुत पारिदिए ।
Advertisement 2
अदालत यस्तो निकाय रहेछ जहाँ सर्वसाधारणको पहुँच नै पुग्दैन । ठूला ठाला सम्पतिले कानुनलाई किनेकाहरुले अपराध जे गरेपनि क्षम्य जस्तै थियो । न्यायधीश, श्रेस्तेदारदेखि विचारीडिठ्ठा त्यसैको वरिपरि रिग्ने गर्थे । जसका कारण पीडकले उन्मुक्ति र पीडित झन् पीडित भन्नु पर्ने अवस्था थियो तर आज त्यस्तो छैन। श्रीमान ढुङ्गाना पीडितका पीडा आफैले श्रवण गर्छन् । कुनै दलालीको त्यहाँ प्रवेश हुनै पाउँदैन । श्रेस्तेदार उदयराज काफ्ले त्यस्तै इमान्दार छन् । लोभको कुनै मोह छैन । न्याय सम्पादनमा कुनै कमी नआओस् भनेर सचेत छन् । छिटो छरितो न्याय सम्पादनको उदाहरण खोज्नु परे लम्जुङ्ग जिल्ला अदालत पुग्दा हुने स्वयम् सेवाग्राही कै मुखबाट सुन्न पाइन्छ । न्यायधीश ढुंगाना यति सरलकी, आनीबानी थाहा नहुनेका लागि न्यायाधीस जस्तै लाग्दैनन् । उनको सरलता, शालीनता, अनि कर्तव्यनिष्ठताले अदालतको गरिमा साँच्चै उचो भएको छ । ओज बढाएको भन्न कुनै हिचकिचाउनु पर्ने छैन । अहिले अदालतमा समयको कुनै पावन्दी पनि छैन साँझ पर्दा समेत ढुंगाना श्रीमान ईजलास होस् वा फाँटमा काम रोकिएकाहरूको गुनासो फुकाउन आफ्नै पुग्छन । भ्याएसम्म प्रत्येक गुनासा, मिलाउन मिल्नेसम्म मुद्दालाई सहज पारिदिन्छन् ।
अदालत परिसर सफाचट छ । आगन्तुक सेवाग्राहीलाई समय कटाउन कठिन नहोस् भन्ने हेतुले फ्री इन्टरनेट सेवा प्रदान गरिएको छ । सफा शुद्ध तातो चिसो जारको पिउने पानीको प्रबन्ध गरिएको छ । एउटा कार्यालयमा एउटा गतिलो हाकिम भयो भने सारा सेवाग्राही कसरी लाभान्वित हुँदा रहेछन् भन्ने लमजुङ जिल्ला अदालत लाई ज्वलन्त उदाहरण को रूपमा लिन सकिन्छ ।