गुल्मीदेखि भक्तपुरसम्म प्रभाव छाडेकी रुद्रादेवी काभ्रेको नयाँ कमाण्डर,एकैपटक १० महिला सिडिओ
सरकारले दुई जिल्लाको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । काभ्रेको प्रमुख जिल्ला अधिकारीको पुण्यविक्रम गौतमलाई धनकुटाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गर्दै त्यहाँबाट थानेश्वर गौतमलाई गृहमा तानिएको हो ।
Advertisement 1
गृहमा कार्यरत रुद्रादेवी शर्मालाई भने काभ्रेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको गृह मन्त्रालयले जनाएको छ । रुद्रादेवीले यस अघि नै रामेछाप,गुल्मी,भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बहन गरिसकेकी छिन् । उनी गुल्मीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा हुँदा ७७ वटै जिल्लाको कार्यसम्पादन मूल्यांकनमा तेश्रोमा पर्न सफल भएको थियो । गुल्मी जिल्ला ९ महिना र रामेछाप जिल्ला दश महिना कमाण्ड गरिसकेकी शर्मा ०६६ सालमा राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेकी हुन । ६ वर्ष शाखा अधिकृतको रुपमा राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव छ ।
उपसचिवमा उक्लिएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,करिब ६ वर्ष राष्ट्रिय योजना आयोगमा बसेर काम गरेको अनुभवका कारण उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि योजना शाखा प्रमुखको जिम्मेवारीमा बसेर काम गरिसकेककी छिन् ।
यो सहित १० वटा जिल्लाको नेतृत्व महिलाले गर्दैछन् । अब काभ्रेपलाञ्चोकसहित बाग्लुङ,मनाङ,रामेछाप,सिन्धुली ओखलढुङ्गा,सुनसरी,ताप्लेजुङ ,दार्चुला र नवलपुरको प्रशासनको कमाण्ड महिलाले गरिरहेका छन् ।