६ महिनामै मन्त्रीबाट हटाइए अमनलाल मोदी

गत बर्ष माघमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी ६ महिनामै मन्त्रीबाट हटाइएका छन् । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो।
Advertisement 1
जनमत पार्टीलाई सरकारमा ल्याउने क्रममा मन्त्री मोदी सरकारबाट हटाइएका छन् । २८ वर्षको उमेरमै पहिलोपटक समानुपातिक संसद्का रूपमा सांसद छिरेका थिए, मोदी । तेश्रो पटक सांसद भए पछि मन्त्री बनाइएको थियो । ०७४ सालको निर्वाचनमा कांग्रेस नेता महेश आचार्यलाई पराजित गर्दै सांसद बनेका मोदीले गत निर्वाचनमा भने एमालेका विनोद ढकाललाई पराजित गरेर सांसद बनेका थिए ।
मन्त्री बनेदेखि नै संघीय निजामती सेवा ऐन ल्याउन प्रभावकारी भूमिका खेल्दै आएका मोदीले कर्मचारी सरुवालाई प्रभावकारी बनाउन प्रयास गर्दै थिए । पछिल्लो समय सामान्य प्रशासन सचिव कृष्णहरि पुष्करसँग विवाद उत्कर्षमा थियो ।
Advertisement 2
मन्त्री मोदीले सचिव पुष्करको हाजिरीमा रातो लगाएपछि दुई जनाको बीचमा चर्को विवाद भएको थियो ।
जनमतकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने तय भएको बताइएको छ ।