उपसचिवको ३२ स्थानमा घरजग्गा, १९ बैंकमा मौज्दात : विशेषबाट पाए सफाइ

सरकारी सेवामा प्रवेश गरेको २२ बर्षमा एक जना उपसचिवले काठमाडौंमा २२ वटा घर र १९ बैंकमा करोडौं मौज्दात  भेटियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती उपसचिवविरुद्ध अकुत आर्जनको मुद्धा चलायो,  २१ पुस २०७८ मा विष्ट र उनको पत्नीविरुद्ध मुद्दा चलाएकोमा डेढ बर्ष पछि विशेष अदालतले सफाइ दिएको छ ।

Advertisement 1

सुदूरपश्चिम प्रदेशको वन निर्देशनालय, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टले ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात गरेको भेटिएपछि अख्तियारले विशेषमा आरोपपत्र दायर गरेको थियो ।

विष्टले अवैध सम्पत्ति जोडेको भन्दै अख्तियारले ६ करोड ८७ लाख रूपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अख्तियारले दायर गरेको आरोप पत्रमा बिष्ट दम्पतीका नाममा काठमाडौं, ललितपुर, भक्तपुर, दाङ, कैलाली, कन्चनपुर, कास्कीलगायतका ३२ स्थानमा घरजग्गा रहेको आरोपपत्रमा उल्लेख गरिएको छ ।

Advertisement 2

अख्तियारले बिष्टले सार्वजनिक पदको दुरूपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेर पत्नी रुबी जिसी बिष्टको नाममा राखेकाले उनलाई पनि प्रतिवादी बनाएर जफत गर्न माग गरेकोमा विशेषका न्यायधीशद्धय श्रीकान्त पौडेल र न्यायाधीश बलभद्र बास्तोलाले विष्ट र उनकी श्रीमती रुबी जिसीलाई अकुत आर्जनमा सफाइ दिएको हो।

बिष्ट २०५५ साल वैशाखमा वन सेवाको वन अधिकृत तृतीय श्रेणी प्राविधिक पदबाट सरकारी सेवामा प्रवेश गरेका हुन । सेवा प्रवेश गरेको २२ बर्षमा उनका ३२ स्थानमा घरजग्गा रहेको भेटिएपछि अख्तियारले उनी र उनको पत्नीविरुद्ध मुद्धा चलाएकोमा आज विशेषबाट सफाई पाएका हुन ।

प्रकाशित :२०८० श्रावण १६, मंगलवार २०:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम