मंसिर महिनाभित्रै ओ एण्ड एम सर्भे गरिसक्न सामान्य प्रशासनको परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबको चार महिनाभित्र ओ एण्ड एम (संगठन तथा व्यवस्थापन सर्वेक्षण) टुंग्याउन निर्देशन दिएको छ । सामान्यले सबै मन्त्रालय, आयोग, सचिवालय र निकायलाई परिपत्र गर्दै मंसिर महिनाभित्रै संगठन तथा व्यवस्थापन सर्वेक्षण टुंग्याउन परिपत्र गरेको हो ।

Advertisement 1

आर्थिक ०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर ५० मा उल्लिखित सबै सरकारी सेवा,निकाय र सार्वजनिक संस्थानमा आगामी बर्ष नयाँ दरबन्दी संरचना र दरबन्दी सिर्जना नगरिने,सार्वजनिक प्रशासनको विद्यमान दरबन्दी संरचना पुनरावलोकन गरि छरितो बनाइने उल्लेख गरिएको थियो ।

यस्तै बजेट बक्तव्यमै आर्थिक बर्षको मंसिर महिनाभित्रै ओ एण्ड एम सर्भे सम्पन्न गरिसक्ने उक्त बुँदामा उल्लेख गरिएको थियो ।

Advertisement 2

Notices-20230719110506686
सामान्यको संगठन विकास शाखाका अधिकृत सुदिप सापकोटा हस्ताक्षरित परिपत्रमा भनिएको छ,निजामती सेवा ऐन, २०४९ तथा नियमावली २०५० र संगठन व्यवस्थापन सर्वेक्षण निर्देशिका, २०६६ एंव संगठन संरचना र दरबन्दी पुनरावलोकनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ बमोजिम सबै निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने कार्य बजेट वक्तव्यमा उल्लिखित समयसीमाभित्रै सम्पन्न गर्ने गरी अघि बढाउन मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ ।

प्रकाशित :२०८० श्रावण ३, बुधबार १३:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry