अर्थ मन्त्रालयका सहसचिव भुसाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुषाल चयन भएका छन् ।  अर्थमन्त्री डा. युवराज  खतिवडाले भदौ ३ गते अध्यक्ष पदमा भुषाललाई नियुक्त गर्ने निर्णय गरेका हुन् । उनलाई अर्को ब्यबस्था नभएसम्मको लागि अध्यक्ष पदको कामकाज दिइएको हो । 

यसअघि बोर्ड अध्यक्षमा महेश गुरागाईं रहेकोमा उनको कार्यकाल सकिएपछि भुषाल नियुक्त भएका हुन् । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत शेयर रहेको छ।  

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार ०७:१९

प्रतिक्रिया दिनुहोस्