सचिव राउत पछि थप दुई कर्मचारी समातिए

ललितानिवास जग्गा हिनामिनामा संलग्न थप दुईजना कर्मचारी पक्राउ परेका छन्। सिआइबीले मंगलबार योगराज पौडेल र नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो ।

Advertisement 1

‘तात्कालीन नापी विभागमा कार्यरत दुई कर्मचारीहरुलाई पक्राउ गरेका छौं,’ ब्यूरोका एसएसपी दिनेश आचार्याले भने।प्रहरीले १४३ रोपनी जग्गा हिनामिनामा चारवटा मुद्दा बनाएर अनुसन्धान गरिरहको छ। जग्गा प्राप्ति ऐन २०१८ बमोजिम तात्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरि नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ४ को सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा गरिएको देखिएको भन्दै प्रहरीले केही समयदेखि अनुसन्धान गरिरहेको छ।

यस प्रकरणमा अहिलेसम्म १४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्कीलगायत १२ जना छन्।प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४०६ जनालाई फरार प्रतिवादी बनाएको छ। प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २०९ जनाको पक्राउ पूर्जी लिइसकेको छ।

प्रकाशित :२०८० असार २६, मंगलवार १२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry