सशस्त्र प्रहरीमा किन बढ्दैछ आत्महत्याको बाटो रोज्नेको संख्या ?

 

Advertisement 1

सशस्त्र प्रहरीमा आत्महत्याको बाटो रोज्नेहरुको संख्या बढ्दै गएको छ । विभागीय कारवाहीदेखि सरुवा,बढुवामा निष्पक्ष नभएको असन्तृष्टि पछि सशस्त्र प्रहरी बलमा आत्महत्याको बाटो रोज्नेहरुको संख्या बढ्दै गएको हो ।आत्महत्या गर्नेमा अधिकांश तल्ला तहका कर्मचारीहरु छन् । हवल्दार र सहायक हवल्दार तहका सशस्त्र प्रहरीहरु कोही झुण्डिएर त कसैले आफैंले बोकेको गोली कञ्चटमा हानेर आत्महत्याको बाटो रोजेका छन् ।

भर्ना भएकोमा १६ बर्षसम्म सम्म पनि सहायक हवल्दारको पोस्टबाट बढुवा नगरिएको भन्दै सशस्त्र प्रहरी बल नेपाल नं १६ गण काभ्रे दरबन्दीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिजय नकर्मी झुन्डिएर आफ्नो देह त्यागेका छन् ।
यस अघि दाङको तुलसीपुरमा रहेको कारागारमा तैनाथ सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आत्महत्याको बाटो रोजेका थिए ।
कारागारको सुरक्षामा खटिएका हवल्दार केसीले आफैंलाई गोली हानेर आत्महत्या गरेका थिए । राति पौने ९ बजे डियुटीमै रहेका बेलामा कञ्चटमा गोली हानेर हवल्दार केसीले आत्महत्या गरेका हुन् ।

Advertisement 2

त्यस्तै बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत प्रहरी जवानले ब्यारेक भित्रै आत्महत्या गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका २ नरबस्ती घर भएका २७ वर्षीय बिमल भण्डारीले ब्यारेकभित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

यता उदयपुरस्थित सशस्त्र प्रहरी बल त्रियुगा गुल्म बोक्सेमा कार्यरत त्रियुगा नगरपालिका ७ चुहाडे स्थायी घर भएका ३५ वर्षीय नवराज अधिकारीले ‘सुसाईड नोट’ लेखेर गुल्म परिसरमै आत्महत्या गरेका थिए ।

Advertisement 3

केही महिना अघि सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका ७ मा रहेको प्रहरीको कर्णाली प्रदेश सशस्त्र प्रहरी गणमा कार्यरत जवान कविराम विश्वकर्माले आत्महत्या गरेका थिए । २५ वर्षीय विकले राति ४ नम्बर पोष्टमा ड्युटीमा छँदा आफ्नै घाँटीमा गोली हानेको बताइन्छ ।

प्रकाशित :२०८० असार ३, आईतवार १०:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry