काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी, लामो दूरीका यातायात खोलिन्छ?

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी गरिएको छ।

Advertisement 1

त्यसका लागि आज (बिहीबार) तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा आज निर्णय हुनेछ । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् । फेरि संक्रमण बढ्दै गएपनि खोप लगाउनेक्रम पनि बढेकाले अझै खुकुलो बनाएर जनजीवनसँगै आर्थिक जीवन पनि सहज बनाउने भन्नेमा प्रजिअहरु एकमत छन् । तथापि यसको आधिकारिक निर्णय काठमाडौँ जिल्ला प्रशासनमा आज हुने बैठकले टुंगो लगाउने उनले बताए ।

Advertisement 2

काठमाडौँ उपत्यकाभित्र २५ सिटभन्दा बढीका सार्वजनिक यातायात यसअघिबाटै सञ्चालन आएका छन् । बैशाख १६ देखि जारी निषेधाज्ञा असार ३१ गते राति १२ बजे सकिँदै छ ।उपत्यकाभित्र भने सार्वजनिक यातायात यस अघिदेखि नै सञ्चालन भइरहेको छ।

यसअघि थपिएको निषेधाज्ञाको अवधि आज (असार ३१ गते) राति १२ बजेबाट सकिँदै छ। कोरोना महामारी नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा सुरु गरिएको थियो। पटकपटक अवधि थपेर यो लम्ब्याउने क्रम जारी छ। तर क्रमशः खुकुलो पारिएको छ।

Advertisement 3

निषेधाज्ञा जारी गर्दा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले संयुक्त रूपमा एकै बेहोरोका आदेश जारी गर्ने गरेका छन्।

 

प्रकाशित :२०७८ असार ३१, बिहीबार ०८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम