कति खाए अघाउँछन् हाम्रा कर्मचारी ?
भोलिदेखि अनिवार्य अवकाशमा जान लागेका सचिव बैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिवको जिम्मेवारी दिएको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीले दिएको राजीनामा स्वकीृत गर्दै हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका अर्याललाई मुख्यसचिवको जिम्मेवारी दिएको हो ।
Advertisement 1
यता मुख्यसचिव मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको छ । परराष्ट्र सेवाका वैरागीलाई यस अघि केपी ओली सरकारका पालामा मुख्यसचिव बनेका थिए । त्यतिबेलाका मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाएर बेलायतको राजदूत बनाएर पठाइएको थियो भने मुख्यसचिवको जिम्मेवारी बैरागीलाई दिइएको थियो । त्यतिबेला लोकदर्शन रेग्मीले पूरै कार्याकाल काम गरेको भए मुख्यसचिव बन्ने भए धनबहादुर तमाङ मुख्यसचिव बन्ने थिए ।
अहिलेका मुख्य सचिव वैरागीले राजीनामा नदिइ पूरै समय काम गरेका थिए भने बैकुण्ठको ठाउँमा अरु नै मुख्य सचिव बन्ने थिए । निजामती सेवा ऐनअनुसार राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवहरूमध्येबाट जेष्ठता र कार्यकुशलताको आधारमा छनौट गर्नुपर्ने प्रावधान छ ।पूरै समय काम गरेका भए मुख्य सचिव वैरागीको पदावधि यही २०८० साल असोज १५ सम्म हुने थियो । यदी उनले पूरै समय काम गर्न पाएका भए अहिलेका मुख्य सचिव बैकुण्ठ अर्याल रिङबाटै बाहिरिने थिए । यस्तै यादव कोइराला र रामप्रसाद थपलियालाई समेत प्रतिष्पर्धीको रुमा हेरिने थिए । यदी वैरागीले पूरै कार्याकाल काम गरेका थिए भने वरिष्ठताका आधारमा सूर्यप्रसाद गौतम, देवकुमारी गुरााई केवलप्रसाद भण्डारी र दिनेश कुमार घिमिरेमध्ये एकलाई मुख्य सचिव बन्ने बाटो खुल्ने थियो ।
Advertisement 2
यदी पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीले पदको लोभ र लालच नगरेको भए इतिहासमै पहिलो जनजातीको तर्फबाट सचिव बन्न सक्दथें धनबहादुर तमाङ यस्तै वर्तमान मुख्य सचिव शंकरदास बैरागीले पदको लोभ नराखी राजीनामा नदिइ पूर्ण कार्याकाल काम गरेका सथए भने पहिलो महिला मुख्य सचिव बन्ने बाटो थियो देवकुमारी गुरााईलाई ।
जागिरे जीवनमा तीन दशक बढी सरकारी सेवामा गरेर उच्च पदमा पुगेका प्रशासकहरुले समेत पदको लोभ गर्दा अनिवार्य अवकाशमा जान लागेको अघिल्लो दिनै मुख्य सचिव उपहार पाएका छन् भने तीन बर्ष निजामती कर्मचारीहरुको अभिभावक बनेर रहँदा संघीय निजामती सेवा ऐन ल्याउन असफल रहेका शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको पद सृजना गरेर नियुक्त गरिएको छ ।
अहिले निजामती सेवाको सचिव,मुख्यसचिव लगायतका पदबाट अवकाश पाएपछि कम्तिमा ६ महिनादेखि एक बर्षसम्म कुलिङ पिरियड राख्नुपर्ने आवाज उठ्न थालेको छ ,