सहसचिव भट्टराईलाई पर्यटन मन्त्रालयमा ‘नो इन्ट्री’

दुई साता अघि संघीय मामिला तथा सामान्य प्रशासनबाट सरुवा भएका सहसचिव कमल भट्टराईलाई पर्यटन मन्त्रालयले लिन इन्कार गरेको छ । २० वैशाखको क्याविनेट बैठकले ४४ जना सहसचिवहरुको सरुवा गर्दा भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासनबाट पर्यटनमा खटाइएको थियो तर पर्यटन मन्त्रालयले कमल भट्टराईको बदमासी र चलखेल थाहा पाएरै उनलाई पर्यटन मन्त्रालयमा इन्ट्री गराउन इन्कार गरेको पर्यटन मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

Advertisement 1

चाहे भन्सार विभागको हाकिम हुँदा होस वा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनको हर्ताकर्ता,कर्मचारी परिचालन गर्दा गडबडी गरेको एक पछाडि अर्का गुनासाहरु सुनिन थालेपछि उनलाई पर्यटन मन्त्रालयले लिन इन्कार गरेको पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सचिव कृष्णहरि पुष्करको प्रतापले भन्सार विभागको डिजी हुँदै संघीय मामिला तथा सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखाको प्रमुख बनाइएका कमल भट्टराई  यस अघि भन्सारको महानिर्देशक हुँदा गरेको बदमासीहरु अहिले छरपष्ट हुन थालेका छन् । उनले भन्सार कार्यालयहरुमा दरबन्दी नै नभएपनि ५० जना कर्मचारीहरुलाई जबर्जस्ती फाजिलमा पठाएको विवरण हामीसँग सुरक्षित छ ।
एउटा विभागमा हुँदा समेत कर्मचारी सरुवामा यसरी बदमासी गर्ने व्यक्ति  समग्र कर्मचारी सरुवा गर्ने निकायको हर्ताकर्ता बनाइएपछि कर्मचारी सरुवामा झनै भद्रगोल बन्न पुगेको कर्मचारी वृत्तमा व्यापक असन्तृष्टि छाएको थियो । भट्टराई  कर्मचारी प्रशासन महाशाखामा  हुँदा समेत  कर्मचारी सरुवाका नाममा हुने बदमासी नरोकिएको बरु झनै बढेको गुनासो बढेपछिमन्त्री अमनलाल मोदीले कप्र महाशाखाबाट सारेर मन्त्रालयकै नीति योजना तथा विकास समन्वय महाशाखामा पठाइएको थियो । केही साता पछि नै क्याविनेटले ४४ जना सहसचिवहरुको सरुवा गर्दा भट्टराईलाई त्यहाँबाट पनि सरुवा गरेर थियो तर पर्यटन मन्त्रालयमा दरबन्दी नै नभएका कारण उनको पर्यटन मन्त्रालयमा इन्ट्री हुन नसकेको पर्यटन मन्त्रालय स्रोतले इकर्मचारी डटकमलाई जानकारी दिएको छ ।
४४ जना सहसचिव हुँदा मन्त्रालयमा दुई जना सहसचिवलाई संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको थियो । मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकाललाई कामकाजका लागि भन्दै सामाजिक विकास मन्त्रालय सूदुरपश्चिम प्रदेशतिर पुर्याइएको छ ।रिक्त भएको एउटा दरबन्दीमा दुई सहसचिव लिन नसक्ने भन्दै पर्यटनले इन्कार गरे पछि उनी संघीय मामिला तथा सामान्य प्रशासनमै खुम्चिएर बस्न बाध्य भएका हुन । भन्सारबाट सरुवा भएर पर्यटन मन्त्रालयमा पुगेका चक्र बहादुर बूढालाई पर्यटन महाशाखाको जिम्मेवारी दिइसकिएको छ । पर्यटन मन्त्रालयमा सरुवा भएकामध्ये चक्रबहादुर बूढाले भन्सारबाट रमाना बुझेर पर्यटनमा हाजिर भइसकेका छन् । पर्यटन मन्त्रालय स्रोतका अनुसार उनलाई पर्यटन महाशाखाको जिम्मेवारी दिने तयारी छ । एक वटामात्र दरबन्दी रिक्त भएका ठाउँमा दुई सहसचिव खटाइएपछि पर्यटन विभागका हाकिम होम लुँइटेलको सरुवा भएको व्यापक चर्चा चलेको थियो ।
तर होमलाई सरकारले चलाएको छैन । पर्यटनमा इन्ट्री नपाएपछि कमल भट्टराई सरुवा भएको दुई साता वितिसक्दा सामान्य प्रशासनमै खुम्चिएर बसेका छन् ।

प्रकाशित :२०८० जेष्ठ ७, आईतवार १३:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry